Techie IT
  • ९ साउन २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

अण्डर १९ टिम क्रिकेट विश्वकपमा छनोट, दिपेश कँडेलको कमाल


नेपालले आइसिसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । आज भएको खेलमा नेपालले युएइलाई उसकै मैदानमा ७ रनले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १ सय ८४ रनमा अल आउट भयो ।

दीपेश कँडेलले ४७ औं ओभरमा ह्याट्रिकसहित तीन विकेट लिँदै नेपालको जित पक्का गराएका हुन् । सुरुवातामा कमजोर देखिएको नेपालको बलिङ अन्तिमतिर जाँदा सुधारिएपछि जित सम्भव भएको हो । युएईका मध्यक्रमका ब्याटर इथान डी सोल्झाले ६६ बलमा ५ चौकासहित सर्वाधिक ५० रनको योगदान दिए ।

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो । योसँगै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपको नेपालले स्थान बनाएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode