Techie IT
  • २३ मंसीर २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

माधब नेपाललाई फकाउन सुवास नेम्वाङको दौडधुप


काठमाण्डौ । नेकपा एमालेले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न नेकपा एकीकृत समाजवादीसंग आग्रह गरेको छ । बिहीबार राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका एमाले नेताहरु समाजवादीको कार्यालय तीनकुने पुगेर राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् ।

छलफलपछि एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न पार्टीसंग भेट गर्ने क्रममा नेकपा समाजवादीसंग छलफल गरेको जानकारी दिए । उनले एमालेका उम्मेदवारलाई सहयोग गर्ने बिषयमा सकारात्मक छलफल भएको बताए ।

दुई पार्टीभित्रको एकताको अभियानलाई अगाडी बढाउने कुरामा देखिएको चूनौति समाधान गर्ने अवसर प्राप्त भएकाले यसको उपयोग गर्नुपर्नेमा छलफल भएको गुरुङको भनाई छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपतिका उम्मेदवारलाई सहयोग गर्न एमाले नेताहरुले आग्रह गरेको र पार्टीले रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी गराएको बताए ।

छलफलमा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दुई पार्टीबीच छलफलको ढोका खोलेको र अरु बिभिन्न बिषयमा निरन्तर सम्वाद हुने बताएका थिए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode