Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

टीआरसी विधेयकमाथि छलफल : ओली, देउवा र प्रचण्डले केके भने ?


काठमाण्डौ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) टीआरसीसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस भएर आजको बैठकमा छलफल भएको छ ।

विधेयकमाथिको छलफलका क्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयक पारित भएपछि द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन हुने बताएका छन् । शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको उनले बताए ।

द्वन्द्वलाई मूल प्रवाहका साथै द्वन्द्वबाट अलगथलग भएका पक्षहरुलाई उत्थान गर्ने गरी हामी अघि बढेका छौँ ’, प्रधानमन्त्री ओलीले भने,’नेपालमा शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानिबनसम्बन्धी कानुनलाई लिएका छौँ । राजनीतिक कार्यदल र संसदको सम्बन्धित समितिबाट पीडितकेन्द्रित हुने गरी सर्वसम्मत पारित भइसकेको छ । यस अर्थमा म खुुसी व्यक्त गर्दछुु । यो हाम्रो सफलता दुनियाँका लागि उपयोगी हुन सक्नेछन् ।’

द्वन्द्वलाई मूल प्रवाहका साथै द्वन्द्वबाट अलगथलग भएका पक्षहरुलाई उत्थान गर्ने गरी अघि बढेको उनको भनाइ छ । राजनीतिक कार्यदल र संसदको सम्बन्धित समितिबाट पीडितकेन्द्रित हुने गरी विधेयक सर्वसम्मत पारित भइसकेकोले अब समस्या नहुने ओलीको भनाइ छ ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधेयक कानुन बनेपछि द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने विश्वास लिएको बताएका छन् । सशस्त्र द्वन्द्वको बेला भएका घटनाहरूले नेपाली समाजमा पीडा दिएको र लामो समयदेखि द्वन्द्व पीडितहरू न्यायको खोजीमा बसेको देउवाको भनाइ छ । उचित परिपूरण हुन नसकेका कारण पीडित स्वयं र परिवारजनले थप पीडा व्यहोर्नु परेको देउवाको भनाइ छ । उनले अब एकअर्कालाई शंका वा आरोपित गर्न उचित नहुने बताए । देउवाले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने विन्दुमा पुग्दै गर्दा नेपाललाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको बताए ।

‘संसदमा प्रस्तुत यो विधेयकले संक्रमणकालीन न्यायको सबै आधारभूत मान्यता बोकेको छ । सत्यको अन्वेषण गर्ने, न्याय गर्ने र पीडितलाई परिपुरण गर्ने र द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यो विधेयक संक्रमणकालीन न्यायको मूल्य मान्यता, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुसार रहेको छ’ कांग्रेस सभापति देउवाले भने ।

देउवाले यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति र परिपूरण दिलाउने व्यवस्था गरेको पनि जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना शान्ति प्रक्रिया भएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना शान्ति प्रक्रिया भएको बताएका हुन् । विधेयकमा सहमतिपछि हजारौं सहिदहरूको सपना पूरा हुने विश्वास व्यक्त गरेका छन् । शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको उनले बताए । उनले अब परिवर्तनका उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको महान यात्रामा अघि बढ्ने बाटो पाएको जिकिर गरे । शान्ति प्रक्रियाको बाँकी काम टुंगिने बाटोमा रहेपनि कार्यान्वयनको चुनौती रहेको दाहालले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना शान्ति प्रक्रिया रहेको कुरामा आफ्नो समर्थन रहेको बताउँदै दाहालले भने, ’यही शान्ति प्रक्रिया युरोप या पश्चिमा देशहरूमा भएको भए सायद यसको मान्यता स्थापित गर्ने काम ठूलो स्केलमा हुने थियो होला ।’

दाहालले नेपालको हतियार व्यवस्थापन र सेना समायोजन पनि सरल र सहज ढंगले भएको स्मरण गरे । सेना समायोजनन र हतियार व्यवस्थापन जटिल विषय भएपनि नेपालमा आधुनिक हतियार व्यवस्थापन र ठूलो संख्याको सेना समायोजना जटिल रहेपनि सहजै सम्पन्न भएको बताए । उनले राजनीतिक नेतृत्वले जोखिम उठाएर सेना समायोजन गरिएको उनले बताए । सेना समायोजन गर्दा माओवादी पार्टी विभाजन भएर आफूलाई क्षति भएपनि देश बाचेको र शान्ति स्थापना भएको दाहालले बताए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode