Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

मेयर उपमेयर नुहदाँ हाकिमको नाकैमुनी अवैद्ध उत्खनन्,कसले रोक्ने ? (भिडियो सहित)


गोदावरी नगरपालिका वडा नम्बर ७ स्थित देवीचौरको लामाीडाडामा अवैद उत्खनन् हुदाँ समेत स्थानीय सरकार र प्रशासन रमिते बनेका छन । नगरपालिकाले गरेको निर्णय लाई चुनौती दिदै पुर्व वडा अध्यक्ष समेत रहेका गिरीप्रसाद तिमिल्सिना सहितको समुहले देवीचौर , लामीडाडा ,बाबियोगाउँ हुँदै घुसेलतर्फ जाने सडक नै अवरुद्ध हुने गरी उत्खनन् गरेर आतंक मच्चाईरहेका छन ।

नगरपालिकाले जेठ १८ गते निर्णय गदै अर्का ब्यवस्था नभए सम्म डोजर सन्चालन नर्गन निर्णय गरेपनि पुर्व वडा अध्यक्षले नगरपालिकाको निर्णय लाई चुनौती दिदै उत्खनन् गरेपछि ७० घरधुरी लाई आवातजावत गर्नै संमस्या भएको एक स्थानीयले खोजमिसन न्युजलाई जानकारी दिए ।

गाउँको मुख्य सडक बन्द गरि अबैध रुपमा वर्षादको समयमा नियमित उत्खनन् भईरहेको बारे सम्पुर्ण निकायलाई जानकारी गराउँदा समेत कसैले सुनवाई नगरेपछि स्थानियले उत्पादन गरेका कृषिजन्य सामाग्रीहरु बजार सम्म ल्याउन समेत कठिनाई भएको स्थानियले बताए ।

नगरपालिकाका प्रमुख र उप्रमुख दुवै निलम्बनमा परेपछि अभिभावक विहिन बनेको नगरपालिकामा यतिबेला अवैद्ध उत्खनन् हुदाँ समेत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काको मौनताले अवैद्ध उत्खनन् थप मलजल गरेको स्थानिय बताउछन । हामीले सबै ठाउँमा यो समस्या बारे जानकारी गराईसक्यो तर कसैले पनि हाम्रो समस्याको सम्बोधन नगर्दा पुन सेटिङमा अवैद्ध उत्खनन् भईरहेको स्थानिय दिपक घिमिरेले खोजमिसन न्युजलाई जानकारी दिए ।

यता गोदावरी नगरपालिकाका प्रवक्ता एंवम वडा नम्बर ५ का अध्यक्ष मिलन सिलवालले यसबारे नगरपालिकामा कुनै गुनासो नआएको र असोज मसान्त सम्म मेसीन प्रयोग गर्न नपाउने निर्णय नगरपालिकाले गरेको जानकारी दिदै यस बारे थप बुझेर अवैद उत्खनन् रोक्ने दाबी गरे । पछिल्लो समय देवीचौर क्षेत्रमा भईरहेको अवैद्ध उत्खनन्ले यस क्षेत्रको भौगलिक स्वरुप नै कुरुप देखिएको छ । स्थानियले बारम्बार सम्बन्धीत निकायमा हारगुहार गरेपनि वषौदेखि स्थानियको आवाज लाई नत स्थानिय सरकार प्रदेशका सासंद, सघिंय सासंद , प्रशासन लगायतले एक कानले सुन्दै अर्का कानले उडाउदै आईरहेका छन ।

वषौ देखि लुकामारीका विचमा चल्दै आएका गोदावरीका खानी र क्रसर क्षेत्रमा पुन चाइनीज र मारवाडी समुहले ठुलो रजगज गर्न तयारी गरिरहेका छन । जसले गोदावरीको सुन्दरता लाई थप कुरुप बनाउने निश्चित छ । जसको सहजकर्ताको रुपँमा वडा अध्यक्षले केही दिन अघिमात्र उक्त ब्यवसायीहरु र स्थानियविच समन्वयकर्ताको भुमिका निभाउदै देवीचौरको सुन्दरतालाई थप कुरुप बनाउने कार्यमा मलजल गरेको चर्चा यतिबेला देवीचौरमा चलिरहेको छ ।




क्याटेगोरी : अड्डामा खोज मिसन, अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode