सहकारी ठगीका आरोपित जीबी राईसहित १८ जनालाई नेपाल ल्याउन सरकारलाई विशेष समितिको निर्देशन (नामसहित)

ललितपुर । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारी ठगीको आरोप लागेका स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका जीबी राईसहित १८ जनलाई झिकाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिले सोमबार गृहमन्त्री रमेश लेखकसहितका प्रहरी अधिकारीहरूसँग छलफल गर्दै बैठकमा सहकारी क्षेत्रको वचत दुरुपयोग,अपचलन र ठगीमा संलग्न भई फरार १८ जना व्यक्तिहरूलाई विदेश वा फरार स्थितिमा रहेकोमा संसदीय विशेष छानविन समितिको सम्पर्कमा ल्याउन र सोधपुछ गरिने सूचिका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको प्रबन्ध मिलाउन भनेको सभापति सूर्य थापाले जानकारी दिए ।
बैठकमा गृहमन्त्री लेखकले समितिले विधिवत् रूपमा गरेको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले समितिलाई कार्यसम्पादनमा सरकारले सम्पूर्ण रूपमा सघाउने, बचतकर्ताहरको बचत दुरूपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितहरूले न्याय पाउने अवस्थामा केन्द्रित भई दिने सुझावलाई सरकारले कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
विदेशबाट ल्याउनुपर्ने व्यक्तिहरूको नामावली
१ जीबी राई – सूर्य दर्शन सहकारी, पोखरा
२ भरत महर्जन – सुमेरू सहकारी, ललितपुर
३ राजमाया महर्जन – सुमेरु सहकारी काठमाडौं
४ सचिन महर्जन – सुमेरु सहकारी काठमाडौं
५ सरला महर्जन – सुमेरु सहकारी ललितपुर
६ ज्ञानबहादुर बम्जन- सूर्यदर्शन सहकारी, पोखरा
७ भुपेन्द्र राई-सूर्यदर्शन सहकारी, पोखरा
८ तेजबहादुर बम्जन-शिव शिखर सहकारी
९ देवकुमार नेपाली-इमेज वचत, पोखरा
१० छेदा नेपाली – इमेज वचत सहकारी, बागलुङ
११ तस्बिरन खातुन- सानोपाइला सहकारी,बीरगंज
१२ असरफ अलि – सानो पाइला सहकारी, बीरगंज
१३ सुवास केसी-सहारा सहकारी, चितवन
१४ दीपक पौडेल-इमेज सहकारी, बागलुङ
१५ लीलानाथ गौतम- शिव शिखर सहकारी, भक्तपुर
१६ महाशंकर रेग्मी- मेघा ड्रिम सहकारी, काठमाडौं
१७ थानबहादुर बुढामगर- सूर्यदर्शन सहकारी, पोखरा
१८ प्रेमध्वज लामा- कान्तिपुर कोअपरेटिभ, काठमाडौं
क्याटेगोरी : अड्डामा खोज मिसन, अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया