Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

सुमेरु सहकारीको सम्पुर्ण जिम्मेवारी पूर्वराजाका ज्वाइँले लिए,अध्यक्षमा विरेन्द्र महर्जन,तिन महिनामा वचतकर्ताको रकम फिर्ता गर्न


ललितपुर । ललितपुरको पुल्चोकमा रहको सुमेरु बचत तथा ऋण सहकारी संस्थालाई पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले ‘टेक ओभर’ गरेका छन् । विगत २३ वर्षदेखी ललितपुरको पुल्चोकमा सञ्चालन हुँदै आएको सुमेरु सेभिङ एण्ड केर्डिट कोअपरेटिभ लिमिटेडमा सञ्चालक फेरिएका छन । सुमेरु सेभिङ एण्ड केर्डिट कोअपरेटिभ लिमिटेड सहित सहकारी मातहतका सबै व्यावसायिक साम्राज्य पुर्व राजा ज्ञानेन्द्र शाहका ज्वाँई राजबहादुर सिंहले लिएका हुन ।

सुमेरु सहकारीको पुल्चोक, धापाखेल, गठ्ठाघर शाखा र काठमाडौं महानगरपालिका कालिमाटीमा रहेको त्यही नामको संस्थाले बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ । उक्त रकम ठगेर सहकारीका अध्यक्ष भरत महर्जन बेलायतमा लुकेका छन् । उनलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ ।

महर्जन परिवारका सबै सदस्य, नागागोता, आफन्त मिलेर चलाएको सहकारीको बचत विद्यालय, अस्पताल, होटल, घर जग्गा, रेष्टुरेन्ट लगायत अन्य कम्पनीमा लगानी रहेको छ । महर्जनले ठगेको सबै रकम फिर्ता गर्ने गरी सिंहले सहकारी सकारेका हुन् । सिंहले आफ्ना विश्वासपात्र व्यापारी विरेन्द्र महर्जनलाई अध्यक्ष बनाएका छन् ।

सहकारी सकारेपछि २०८१ असार ३ गते संस्थाको २३ औं वार्षिक साधारणसभा समेत सम्पन्न भएको छ । सभाले अध्यक्षमा महर्जनलाई चयन गरेका हो । यस्तै उपाध्यक्षमा हरिश चन्द, सचिव ओर्बिन गुरुङ, कोषाध्यक्षमा राजन राई चयन भएका छन् । यस्तै सदस्यहरुमा गोकुल बहादुर रोकाया, धुब्र बहादुर शाह र अनिल मल्ल रहेका छन् ।

सभाले लेखासमिति समेत चयन गरेको छ । लेखा समितिको संयोजकमा दिनेश तथा सदस्यहरुमा एकराज बराल, मित्रलाल चौधरी रहेका छन् ।सभाले गरेको सबै निर्णयका साथै संस्था सञ्चालन गर्ने सम्बन्धी सञ्चालक समितिले तयार गरको कार्य योजना र प्रतिबद्धता समेत सहकारी विभाग, सीआईबी, ठूला करदाता कार्यालय, महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलाई जानकारी गराइएको छ । त्यस्तै बागमती प्रदेशको सहकारी महाशाखालाई पनि जानकारी गराइएको छ ।

सिंहले उक्त सहकारीलाई ‘टेक ओभर’ गर्दा सबै दायित्व लिने जनाएका छन् । बचतकर्ताको सबै बचत फिर्ता गर्नुका साथै सहकारीको सबै सम्पत्ति पनि सकार्ने भएका छन् । उनले दशैं अघि सबै सदस्यको बचत फिर्ता गर्ने तयारी गरेको बताइएको छ । मेरो मोबाईल, युटियल, नेबिको लगायतका स्वेदेशी तथा विदेशी क्षेत्रमा लगानी गरी व्वयसायी तथा उधोगीको पहिचान वनाएका सिंहले सन् २००३ को जनवरीमा नेपालका तत्कालीन राजा ज्ञानेन्द्र शाहकी एक्ली छोरी प्रेरणासित बिहे गरेका थिए।


क्याटेगोरी : अड्डामा खोज मिसन, अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode