नापी कार्यालय ललितपुरका सर्वेक्षक यादव चार लाख घुससहित पक्राउ
ललितपुर । सेवाग्राहीको काम गरिदिने भनेर नापी कार्यालय ललितपुरका सर्भेक्षक सञ्जीव कुमार यादवसहित दुई जनालाई घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।
सेवाग्राहीको काम गर्नका लागि घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बिहिवार ४ः३० मा यादव सहित
आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिइसकेपछि अख्तियारको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट यादव र भुजेलले घुस माग गरेका थिए ।
कार्यलयको समयमै कार्यलय छाडेर नापी कार्यलय भन्दा केही पर हनुमानस्थानमा रहेको आरबी सेन्टरमा रकम सहित यादव र भुजेल लाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरू दुवैमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
पछिल्लो पाचँ वर्षमा ललितपुर नापीका ३२ कर्मचारी अख्तिीयारको फन्दामा
१. ललितपुर महानगरपालिका वडा नम्बर २८ र २३ को सिमानामा पर्न कर्मनाशा अथार्त कोडुकु खोलाको सावर्जिनक जग्गा ब्यक्तिका नाममा गरेको भन्दै तत्कालीलन ललितपुर नापी कार्यलयका बुद्धिमान जैसि सहित १७ जना विरद्ध २०७७ पुस २६ गते अख्तिीयार द्धारा विशेष अदालतमा मुद्धा दायर ।
२. ललितपुरको टिकाथली गाविस वडा नम्बर ६ को कित्ता नम्बर १६९९ र कित्ता नम्बर १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल ट्रायल चेक गरी बढी कायम गरेको भन्दै ललितपुरमा नापी अधिकृत राजन गिरी सहित सात जना विरद्ध २०८० भदौ १० गते अख्तिीयार द्धारा विशेष अदालतमा मुद्धा दायर ।
३. जग्गा नापजाँच गर्ने काममा आलटाल गरी रेखाङ्कन गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग रू। ३०,००० घुस लिएको अवस्थामा नापी सर्वेक्षक उपेन्द्र प्रसाद यादव र कार्यालय सहयोगी राजन विष्ट २०७६ असार १ गते अख्तिीयार द्धारा पक्राउ
४. सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने ललितपुर नापी कार्यालयका तत्कालिन कार्यालय प्रमुख भरतसिंंह ऐर सहित ५ जना विरुद्ध २०७६ जेठ २३ गते अख्तिीयार द्धारा विशेष अदालतमा मुद्दा दायर
५. कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको अवस्थामा दुई लाख ५० हजार घुससहित रामविर यादव मङ्गलवार कार्यालय परिसरबाटै पक्राउ।
६. जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट चार लाख घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका १२ स्थित हनुमानस्थानमा रहेको आरबी सेन्टर बाट यादव सहित सेन्टरका संचालक रामबाबु भुजेल पक्राउ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया