Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

सुन्दरहरैंचामा सहकारीका व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न


ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुन्दरहरैंचा शाखाले मोरङको विराटचोकमा सहकारी संघ संस्थाहरूका व्यवस्थापकहरूको लागि सञ्चालन गरेको दुई दिवसीय “क्षमता अभिवृद्धि तालिम” बिहिबार सम्पन्न भएको छ ।

एनसिबिएल सदस्य शिक्षा कार्यक्रम २०८० ०८१ अन्तर्गत निःशुल्क रूपमा बिहीबार र शुक्रबार सञ्चालन गरिएको तालिममा सुन्दरहरैंचा, बेलबारी, लेटाङ, केराबारी र कानेपोखरीका विभिन्न सहकारी संघ संस्थाहरूबाट ४३ जना व्यवस्थापक तथा सहायक व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमतामा अभिवृद्धि गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै बैंकका सञ्चालक अमृता सुब्बाले कतिपय अवस्थामा व्यवस्थापकले सुशासन कायम गर्न चाहँदा समेत पदाधिकारीहरूमा सहकारी शिक्षाको कमीका कारण कैफियत देखिएको बताईन । व्यवस्थापकहरुलाई सुरक्षित र उत्पादनमूलक क्षेत्रमा सदस्यहरूलाई कर्जा लगानी गर्न आग्रह गर्दै थप वित्तीय सहयोग गर्न राष्ट्रिय सहकारी बैंक तत्पर रहेको उनको भनाई थियो ।

बैंकको सुन्दरहरैंचा शाखा समन्वय उपसमितिका संयोजक टिकाप्रसाद कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा वहाँले तालिममा सिकेको, बुझेका कुराहरूलाई व्यवहारमा उतारेर आ–आफ्नो संघ संस्थाहरुमा लागु गरी संस्थालाई सबल बनाउन तर्फ लाग्न व्यवस्थापकहरूमा अनुरोध गरे ।

कार्यक्रमका सहभागीहरूले बैंकद्वारा सञ्चालन गरिएको व्यवस्थापकको क्षमता अभिवृद्धि तालिम समय सान्दर्भिक र अत्यन्तै प्रभावकारी रहेको बताएका छन् । उनीहरूले दुई दिनको तालिमबाट नयाँ सिकाई भएको उल्लेख गर्दै तालिमले संस्था सञ्चालनको लागि महत्वपूर्ण सहयोग पुगेको बताएका हुन । तालिममा सिकाई सँग–सँगै उत्प्रेरणा जगाउने खालका यस्तै रचनात्मक तथा अन्तरक्रियात्मक तालिम नियमित रूपमा सञ्चालन हुन आवश्यक रहेको उनीहरुको भनाई थियो ।

 


क्याटेगोरी : अर्थ/सहकारी, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode