Techie IT
  • २२ असोज २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

एक हप्ता देखि गोदावरी नगरपालिका नेतृत्वबिहीन, के गदै छ त मन्त्रालय ?


ललितपुर । ढुंगाखानीमा राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मेयर र उपमेयर निलम्बनमा परेपछि एक हप्ता यता ललितपुरको गोदावरी नगरपालिका नेतृत्वबिहीन बनेको छ ।विशेष अदालतमा मुद्दा दर्ता भएलगत्तै मेयर र उपमेयर स्वतः निलम्बनमा परेका छन् ।

उनीहरु निलम्बनमा परेपछि कार्यवाहक मेयर कसलाई दिने भन्ने विषयमा नगर कार्यपालिकाका प्रतिनिधी विचनै मत बाझीएपछि थप अन्योलता बढ्दै गएको हो । २३ गते बसेको आकस्मीक बैठकमा जेष्ठताका आधारमा कार्यवाहक तोक्ने प्रस्ताव लगीएपनि सदस्यहरु विच नै मत विभाजित भएपछि बैठकले निष्कर्ष निकाल्न सकेन ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काका अनुसार मेयर उपमेयर नभएको अवस्थामा कसलाई कार्यवाहक दिने भन्ने विषयमा नगरपालिकाले कुनै कार्यविधि र कानुन नबनाएका कारण सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निर्वाचन आयोगको राय माग गर्न निर्णय गरि परित्रप गरिएको खोजमिसन न्युज लाई जानकारी दिए । जेष्ठताका आधारमा कार्यवाहक तोक्ने प्रस्ताव बैठकमा लगेपनि सहमती हुन नसकेको उनले बताए ।

गोदावरी नगरपालिकाका प्रवक्ता एंवम वडा नम्बर ५ का अध्यक्ष मिलन सिलवालले रायका लागि संघिय मन्त्रालय र निर्वाचन आयोग लाई परिपत्र गरेको बताउदै मन्त्रालय र आयोगको राय पछि मात्रै कार्यवाहक तोकीने बताए । बैठकमा वडा अध्यक्षहरु विच नै आफुनै कार्यवाहक हुनुपर्न वा आलोपालो गरेर कार्यवाहक तोक्नुपर्न आवाज उठेपछि बैठक निष्कर्षमा पुग्न नसकेको एक कार्यपालीका सदस्यले खोजमिसन न्युज लाई जानकारी दिए ।

बैठकमा कार्यवाहकका लागि केही वडा अध्यक्षहरुको दाबी देखिएको र काुननी स्पष्टता समेत प्रस्ट नभएपछि मन्त्रालय र आयोगको सहयोग माग्ने निर्णय भएको वडा नम्बर ३ का अध्यक्ष सानुराजा घिमिरेले खोजमिसन न्युज लाई जानकारी दिए । स्पष्ट रुपँमा कसैले दाबी नगरेपनि कतिपय वडा अध्यक्षहरुले कार्यवाहक तोक्दा आलापालो हुनुपर्न आवाज उठाएको जानकारी घिमिरेले दिए ।

यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता काली प्रसाद पराजुलीले नगरपालिकाको परिपत्र प्राप्त भईसकेको र टिप्पणी समेत उठीसकेको बताउदै सोमबार बेलुका सम्म नगरपालिकालाई परिपत्र गर्न तयारी रहेको जानकारी खोजमिसन न्युज लाई दिए ।

जेष्ठताको आधारमा तोक्ने वा कार्यपालिका बैठकले सर्वसम्वत तोक्न सक्ने आधारमा मेयर र उपमेयर को कार्यवाहक तोक्ने राय नगरपालिकालाई दिने तयारी मन्त्रालयको रहेको उनले बताए । गोदावरी नगरपालिकामा १४ वटा वडा छन् । मेयर उपमेयरसहित कांग्रेसका ११ वटा वडाअध्यक्ष छन् भने माओवादी केन्द्रका २ र एमालेका १ जना वडाअध्यक्ष छन् ।

 


क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode