Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

प्रचण्डमाथि आरोप लगाउँदै एमालेले छाड्यो सरकार, समर्थन पनि फिर्ता


काठमाण्डौ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट अलग हुने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले पुस १० गते भएको सहमति अनुसार घटनाक्रम अगाडी बढ्न नसकेका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट अलग हुने निर्णय गरेको हो ।

सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गरेर पुस १० गते भएको सहमति अनुसार अघि बढ्ने एमालेको चाहना भएपनि प्रधानमन्त्रीले त्यसलाई तोडेको बैठकपछि उपाध्यक्ष विष्णु पौडेलले बताए । राष्ट्रपतिमा प्रधानमन्त्रीले सहयोग नगरेपनि सरकारमा बसेर सहयोग गर्ने एमालेको निर्णय थियो । तर प्रधानमन्त्री प्रचण्डले एमालेबाट परराष्ट्रमन्त्री बनेकी विमला पौडेललाई विदेश जानबाट रोकेपछि सरकार छाड्नुपर्ने अवस्थामा पुगेको हो ।

प्रधानमन्त्री प्रचण्डले एमालेबाट मन्त्री बनेकाहरुलाई विनाविभागीयमन्त्री बनाउने सम्मको तयारी गरेपछि सरकारमा बसिराख्नु उचित नभएको पौडेलले बताए ।
पौडेलले परराष्ट्रमन्त्रीका बिषयमा प्रधानमन्त्रीले एमालेमाथि प्रतिरोध साँधेको र अपरिपक्वता देखाएको आरोप लगाए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode