Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

अभिनेता पल शाहलाई उच्च अदालत पोखराले दियो सफाइ, सोमबार रिहा हुँदै


काठमाडौं । अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएसँगै एक वर्षपछि हिरासतमुत्त हुने भएका छन् । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि गरिएको पुनरावेदनमा उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दावी नपुग्ने ठहर गरेसँगै पल सोमबार रिहा हुने भएका हुन ।

बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन भएको थियो । शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले एक नाबालिकामाथि जबर्जस्ती करणीको मुद्दामा नवलपुर अदालतले सफाइ दिएपनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको बारेको पुनरावेदनबाट न्याय मिलेको बताउनुभयो । यही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतले भने शाहलाई सफाइ दिएको थियो ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode