Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

यी हुन् समस्याग्रस्त सहकारी,जसले बचतकर्ताको करिब ४ अर्ब बढी ठगे

के वचतकर्ताको रकम फिर्ता होला ?


ललितपुर । हालसम्म १९ वटा सहकारीहरु समस्याग्रस्त अवस्थामा रहेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तथ्याङक अनुसार सरकारबाट समस्याग्रत घोषित सहकारीहरु उक्त संख्यामा रहेका हुन् । केहि वर्ष पहिला ओरेन्टल को–अपरेटिभ लिमिटेडमा देखिएको समस्यालाई समाधान गर्न करिब ७ वर्ष अघि स्थापना भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति स्थापना भए यता समस्यामा पर्ने सहकारीको संख्या वृद्धि हुँदै गएको छ ।

समितिका अनुसार हालसम्म समस्याग्रस्त अवस्थामा रहेका सहकारीहरुमा स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ रहेका छन् । त्यसैगरि, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कुवेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

त्यस्तै, समस्याग्रस्त घोषित सहकारीहरुमा चार्टर सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, स्टाण्डड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।
यस्तै पशुपति सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड , तुलसी बहुमुखी सहकारी संस्था , शिवशिखर बहुउदेशिय सहकारी संस्था , हाम्रो नयाँ कृषि सहकारी संस्था,कृषि विकास बहुउदेशीय सहकारी संस्था , कान्तिपुर सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र लालाीगुराँस बहुउदेशीय सहकारी संस्था रहेका छन ।

समितिका अनुसार समस्याग्रस्त घोषित सहकारीहरुको दायित्व रकम ४ अर्ब २५ करोड ७४ लाख ८९ हजार ४४६ रुपैयाँ रहेको छ । समस्याग्रस्त घोषित रहेका उक्त सहकारीमा हालसम्म ११ हजार ९०७ सदस्यहरुको रकम भुक्तानीका लागि माग दावी परेको छ ।


क्याटेगोरी : अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode