Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

यस्तो छ कृष्णबहादुर महरा पक्राउ पर्नुको कारण


काठमाण्डौ । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई आज बिहान रुपन्देहीबाट पक्राउ गरिएको हो । उनलाई काठमाडौँ ल्याएर विमानस्थलबाट सिधै केन्द्रीय अनुसन्धान व्युरो महाराजगंज लगिएको थियो । त्यहाँबाट उनलाई स्वास्थ्य परीक्षणका लागि चिरायु अस्पताल लगिएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत काठमाण्डौ लगियो ।

हिजो मात्रै गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए । त्यही अनुसार प्रहरीले सक्रियता बढाएको छ ।

यस्तो छ महराको भूमिका
महरालाई विद्युतीय चुरोट भेपमा राखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ९ किलो सुन तस्करी गरेको कार्यमा संलग्न रहेको आरोप लागेको छ । पूर्वन्यायधीश डिल्लीराज आचार्य संयोजक रहेको सुन तस्करी सम्बन्धी जाचँबुझ आयोगले महरामाथि थप अनुसन्धान र मुद्दा चलाउन सिफारिस गरेको थियो । महराले सुन तस्करीका नाइके चिनियाँ नागरिक दावा छिरिङ लगायतसँग २५६ पटक टेलिफोन संवाद गरेको भेटिएको थियो । त्यस्तै सुन राखिएको भेप छुटाउन महराले भन्सार अधिकारीहरूलाई दबाव दिएको पनि पाइएको थियो ।

आठ करोड ५५ लाख रुपैयाँको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर सीआईबीको प्रतिवेदनमा किटान हुँदा पनि महरामाथि यसअघि मुद्दा दर्ता भएको थिएन ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode