Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

बागमती गाँउपालिकाको महाकाली देवी मावीका शिक्षकले कोन्ज्योसोम गाउँपालिकाको बालेस्वरी माविका प्रअ लाई कुटे ।


ललितपुर । विद्यार्थीहरुलाई ज्ञान र शिप सिकाउने शिक्षक आफै कुटाकुट गर्छन भन्दा तपाइँ लाई अचम्म लाग्न सक्छ तर अचम्म मान्नु पर्दैन, आज हामी यही विषयको सल्यक्रिया गर्दै छौँ । घटना २०८० फागुन २४ गते विहिवार बिहान ९ बजेको हो ।

ललितपुरको चापागाउँ टाखेल बाट विद्यालय तर्फ लाग्दै गरेका बालेस्वरी माविका प्रधानध्यापक प्रेम प्रकाश भटराई माथी शिक्षक सिताराम घिमिरेले कुटपिट गरेका हुन । कोन्जोसोम गाँपालिका वडा नम्बर ५ मा रहेको बालेस्वरी माविमा शिक्षक सिताराम घिमिरे २०७९ भदौमा गाँउपालिकाको अनुदानमा गणित विषयको शिक्षकका रुपमाँ नियुक्त भई कार्यरत रहेका थिए ।

केही समयपछि विभिन्न कारण देखाउदै घिमिरे विद्यालयमा अनुपस्थीत हुनँ थालेपछि उनले पाउनुपर्न बिदा बाहेकको तलब विद्यालय ब्यउवस्थापन समितिले तलब कटा गरिदिएपछि उत्पन्न भएको विवाद हातहाला हालको अवस्था सम्म पुगेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शम्भु गोलेले घिमिरेको हाजीर कपिमा अनुपस्थीत भएको दिनको रातो चिन्ह लगाएका थिए ।

तर घिमिरेले विद्यालय बन्द भएको दिन कार्यलय सहयोगीलाई ढोका खोल्न लगाएर रातो चिन्ह लगाएको हाजीर कपिमा हाजीर गरेका थिए । १२ दिनको गयलकटी गरेर विद्यालयले रकम गाँउपालिकाको खातामा फिर्ता गरिदिएपछि घिमिरे विद्यालयका प्रअ भटराई सगँ आक्रोशीत बनेका थिए । सामाजिक सन्जालमा समेत घिमिरेले भटराई विरद्ध विभिन्न स्टाटस लेख्दै आएका थिए ।

यता विद्यालयका प्रअ भटराई माथी हातपात भएपछि भटराईले घिमिरे विरद्ध चापागाउँ प्रहरी वृतमा निवेदन दिएका छन । घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिई छानविन प्रकृयिा अघि बढाएको ललितपुर प्रहरी परिसरका प्रवक्ता नरेस राज सुवेदीले खोजमिसन न्युज लाई जानकारी दिए । घिमिरे हाल बाँगमती गाउँपालिका वडा नम्बर ३ मा रहेको महाकाली देवी मावि भटेडाडाँमा कार्यरत रहेका छन ।


क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode