Techie IT
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

संसदको ध्यान प्रभावकारी ऐन कानून निर्माण गर्नेतर्फ केन्द्रीत हुनुपर्छ : सभामुख


काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अव संसदको ध्यान प्रभावकारी ऐन कानून निर्माण गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा राष्ट्रिय समावेशी आयोगले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदको पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अव प्रभावकारी ऐन कानून निर्माण गर्नेतर्फ संसदको ध्यान दिनुपर्ने बताएका हुन् । संसदको भूमिकालाई प्रभावकारी पार्नका लागि सांसदहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । सभामुख घिमिरेले सरकारलाई गतिशिल बनाउनका लािग प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुने र बहुमत हुँदैमा सरकारलाई पनि संसदप्रति उत्तरदायि नहुने छुट नरहेको धारणा राखे ।

त्यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले समावेशीताको बुझाईमा एकरुपता आवश्यक पर्ने बताउनुभयो । मुलुकमा वस्ने प्रत्येक व्यक्तिहरु, समुदाय सवैलाई न्याय गर्न सक्ने परिकल्पना राज्यले गरेको अवस्थामा केहि समुदायको मात्रै प्रतिनिधित्वलाई समावेशिता भन्न नमिल्ने उनको भनाई छ ।

कार्यक्रममा अन्य संवैधानिक आयोगका अध्यक्षहरुले बिभिन्न आयोगको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि समन्वयात्मक भूमिका आवश्यक रहेको धारणा राखेका थिए । सामाजिक न्याय प्राप्तिका लागि सवै अवरोध हटाऔ र यसका अवसरहरुको उपयोग गरौं भन्ने नारासहित सोमबार राष्ट्रिय समावेशी आयोग दिवस मनाइएको हो ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode