व्यवस्था मात्रै होइन, अवस्था पनि फेरिएको छ : केपी ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भन्न नमिल्ने बताएका छन् । महिला दिवसको सन्दर्भमा मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकको व्यवस्था परिवर्तन भएसंगै बिभिन्न वर्ग समूदायहरुको हक अधिकार स्थापीत भएको भन्दै अवस्था परिवर्तन नभएको भन्ने हल्ला उचित नभएको बताएका हुन् ।
उनले राज्यका हरेक निकायमा प्रतिशत तोकेर महिला सहभागीता सुनिश्चित हुने व्यवस्था रहेको भन्दै अव प्रतिशतलाई हटाएर समान सहभागीतामा जोड दिनुपर्ने उल्लेख गरे । पहिले भन्दा मुलुकको अवस्था धेरै राम्रो भएको र पूर्ण रुपमा राम्रो बनाउनुपर्ने जिम्मेवारी आफुहरुसामु रहेको उनले बताए ।
ओलीले संविधान कानून निर्माणमा एमालेको अग्रणी भूमिका रहेको भन्दै महिला शसक्तिकरणका साथ सामाजिक न्याय र समानताको आन्दोलनमा सदैव अग्र स्थानमा नै रहने धारणा राखे ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया