Techie IT
  • २३ मंसीर २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

सरकारले लक्ष्यअनुसार काम गर्न सकेन : प्रचण्ड


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले लक्ष्य अनुसार परिणाम दिन नसकेको बताएका छन् । आ।व २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा कार्यक्रममा बोल्दै लक्ष्य पूरा गर्न नसकेको गुनासो गरेका हुन् । उनले अहिलेको परिस्थिति जटिल र चुनौतीपूर्ण रहेको पनि बताए ।

पहिलो एक वर्षमा राम्रै काम गर्न सके पनि पछिल्लो समय भने भने जस्तो काम गर्न नसकेको दाहालको भनाई छ । उनले सरकारले निर्णय लिन र कार्यान्वयन गर्नको लागि धेरै बाधा र अफ्ठ्याराको सामना गर्नुपर्नेको बताए ।

सरकारले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन भन्ने अहिलेसम्म पनि चित्त बुझ्दो जवाफ नआएको भन्दै उनले बजेट अभाव भएको, तयारी नपुगेको, जनशक्ति नपुगेको, कानुनी समस्या देखाएर कामबाट सधैँ नै अड्किने र पन्छिने परम्पराले निरन्तरता पाउन नसक्ने बताए ।

दाहालले समग्र प्रशासनिक संयन्त्रको कार्यान्वयन क्षमता बढाई अपेक्षित नतिजा निर्धारित समयमै हासिल गर्न निर्देशन पनि दिएका छन् । आम नागरिकलाई उपलब्ध गराउने सार्वजनिक सेवा छिटोछरितो, गुणस्तरीय र लागत किफायती हुने किसिमले प्रवाह गर्न पनि निर्देशन दिए । सबैभन्दा ठूलो चुनौती समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति देखिएको दाहालको भनाई छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode