ईपीजी प्रतिवेदनबारे प्रधानमन्त्री प्रचण्डले मुख खोले

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरवलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूूह (इपीजी) को प्रतिवेदन बुझ्न दुवै देशका तर्फबाट गृहकार्य भइरहेको बताएका छन् ।
बुधबार बसेको राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन दुवै देशले एकैसाथ बुझ्ने गरी आन्तरिक तयारी गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री दाहालले एकैपटक बुझ्ने स्थिति नआएमा के गर्ने भनेर नेपालले निर्णय लिने अवस्था आउने बताए ।
नेपाल र भारतबीच भएका सन्धि सम्झौतालाई पुनरवलोकन गर्न सुझाव दिन गठित इपिजीले पाँच वर्षअघि नै आफ्नो काम सकेर प्रतिवेदन तयार गरे पनि भारतीय पक्षको अनिइच्छाका कारण अहिलेसम्म प्रतिवेदन बुझाइएको छैन ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया