Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

माओवादीमा प्रचण्डले गरे कार्य विभाजन, जनार्दनको लिखित असन्तुष्टि


काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको कार्यविभाजनको निर्णयप्रति लिखित रुपमा असहमति जनाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाललाई असहमति पत्र बुझाएका हुन् । केहि नेताहरुलाई जिम्मेवारी बिहीन बनाइएको भन्दै फरक मत राखेको शर्माले बताए ।

स्थायी कमिटीमा कार्य विभाजन एजेन्डाबारे गृहकार्यको नाममा पटक–पटक बैठक सरेको र फागुन १५ गते प्रस्तावित भई असहमतिका बीच पारित गरिएका निर्णयहरूप्रति गम्भीर असहमति रहेको उनले उल्लेख गरेका छन् । स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्यूत गरी विकल्प नदिई अपमानित गरिएको र सो प्रदेशमा हाललाई विना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपयलाई पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय गलत भएको शर्माको जिकिर छ ।

बैठकले कोशीको इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्री कुमारी काफ्ले, मधेसको इन्चार्जमा लीलामणि पोखरेल, सहइन्चार्ज विश्वनाथ शाह, बागमतीको इन्चार्ज अग्नीप्रसाद सापकोटालाई तोकेको छ । गण्डकीको इन्चार्ज दीनानाथ शर्मा, सहइन्चार्ज हरिराज अधिकारी रहेका छन् भने लुम्बिनीको इन्चार्जमा चक्रपाणी खनाल र सहइन्चार्जमा कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालीबहादुर मल्ल रहेका छन् । सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल र सहइन्चार्जमा बिना मगर रहेका छन भने बिशेष प्रदेश समिति इन्चार्ज हितमान शाक्य र सहइन्चार्जमा यशोधा अधिकारी तोकिएका छन् ।।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode