Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

रुसी सेनामा भर्ति भएका आफन्तलाई स्वदेश फर्काइदिन सरकारसँग परिवारको माग


काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि कुटनीतिक पहल भइरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा रुसी सेनामा रहेका नेपालीका परिवारको ज्ञापन पत्र बुझ्दै मन्त्री साउदैरुसी सेनामा रहेका नेपालीहरुलाई सकुशस स्वदेश फर्काउने दायित्व सरकारको भएको भन्दै कुटनीतिक पहल भइरहेको बताएका हुन् ।

रुसी सेनामा रहेर ज्यान गुमाएका नेपालीको पार्थिव शरिरलाई नेपाल ल्याउन पनि छलफल र कुराकानी भइरहेको उनको भनाइ छ । रसियन सेनामा भएका नेपालीका दुईसय भन्दा बढि परिवारले परराष्ट्रको कन्सुलरमा आवेदन दिएको भन्दै उनले अन्यलाई पनि अनलाईनबाटै आवेदन दिन आग्रह गरेका छन् । उनले सरकारले मान्यता नदिएका स्थानमा जान नदिन पनि आग्रह गरे ।

रुसी सेनामा रहेका नेपालीका आफन्त धादिङ गोर्खाकी कविता कुमालले रुसी सेनामा रहेका आफन्तलाई नेपाल फर्काउन आग्रह गरिएको जानकारी दिइन् । मन्त्रीको कुरा सुन्दा आशावादी रहेको उनको भनाइ छ ।

रुसी सेनामा रहेका नेपालीका परिवारले आफ्ना आफन्तजनको अवस्था सार्वजनिक गर्न, मृतक तथा रुसी सेनामा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटो स्वदेश फर्काउनका लागि पहल गर्न मन्त्री साउदलाई ज्ञापन पत्र बुझाएका हुन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode