Techie IT
  • २३ मंसीर २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

बक्यौता नपाएपछि ललितपुरका किसानले जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर प्रदर्शन गरे


ललितपुर । दूध बिक्री नभएको र बिक्री भएको दूधको पनि पैसा महिनौँसम्म नपाएपछि ललितपुरका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन्। ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको नेतृत्वमा जिल्ला प्रशासन कार्यलयको गेटमा दूध पोखेर किसानले विरोध जनाएका हुन्।

संघका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार ललितपुरका किसानहरुले दुई महिनादेखि दुधको भुक्तानी नपाएको र प्रधानमन्त्री, संघीय तथा प्रदेश कृषिमन्त्रीलगायतका सम्बन्धित ठाउँमा पटकपटक समस्या राख्दासमेत समाधान नभएकाले आन्दोलनस्वरूप दूध पोखेर विरोध जनाएको खोजमिसनन्युज लाई जानकारी दिए ।

यस्तै किसानहरुले प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ मार्फत नेपाल सरकारलाई आफना मागहरु तुरुन्त सम्बोधन गर्नका लागि ज्ञापनपत्र समेत बुझाएका छन । १७ गते देशभर बिहान दश बजे देखि १२ बजे सम राजमार्गमा चक्काजाम गर्न र २१ गते देखि माइतीघर मण्डलामा धर्ना तथा विराध गर्न कार्यक्रम रहेको जानकारी सापकोटाले दिए ।

ललितपुरका किसानले विभिन्न डेरी उद्योगहरूले दूध लगे वापत १५ करोड रूपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ । ललितपुरमा दैनिक डेठ लाख दुध उत्पादन हुँदै आएकोमा ७० हजार लिटर दुध बजारमा खपत हुँदै आएको छ ।


क्याटेगोरी : अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode