Techie IT
  • १ असार २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

म्याद नाघेका २१ सय कार्टुन बाह्रसिंगे बियर बरामद


काठमान्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद सकिएका बियर नियन्त्रणमा लिएको छ । मंगलबार बजार अनुगमनको क्रममा विभागले बाह्रसिङ्गे ब्राण्डका उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर बरामद गरेको हो ।

विभागका अनुसार याक ब्रुअरी कम्पनीद्वारा उत्पादित उक्त बियर धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाईमेक्स ट्रेडिङ्को गोदाममा भण्डार गरिरहेको अवस्थामा निरीक्षण टोलीले फेला पारेको हो ।

उक्त बियर आवश्यक कारबाहीका लागि सिलबन्दी गरिएको विभागले जनाएको छ । ६५० मिलि लिटर र ३३० मिलि लिटरका बोत्तलमा रहेका बियरको बजार मूल्य करिब ६० लाख भन्दा बढी पर्ने देखिएको विभागले जनाएको छ ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode