Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

माओवादी पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने सुझाव


काठमाण्डौ । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने सुझाव आएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबारदेखि जारी पहिलो विधान अधिवेशनमा समूहगत छलफलको निष्कर्ष सुनाउने नेताहरुले सहरी समुदायलाई सहज हुने गरी जनजिब्रोमा झुण्डिने नाम र चुनाव चिन्ह राख्न सुझाव दिएका हुन् ।

समूहका संयोजकहरुले सुझाव प्रस्तुत गर्ने क्रममा पार्टीको अहिलेको नाम उपयुक्त नभएको भन्दै समाजवादी चरित्रको अर्को नाम राख्नुपर्ने माग गरे । अधिवेशनमा मंगलबार अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको विधानको मस्यौदामाथि छलफल गर्न नेताहरुको विभिन्न २० समूह बनाएर छलफल गरिएको थियो । त्यसमध्ये बुधबार १३ समूहबाट सुझाव प्रस्तुत गर्दै समूहका संयोजकहरुले बदलिँदो समयअनुसार पार्टीलाई चलायमान बनाएर अघि बढ्नुपर्ने माग गरे ।

समूहगत छलफलको सुझाव पेश गर्नेक्रममा केन्द्रीय सदस्य सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिन्ह फेर्नुपर्ने सुझाव राखे ।

त्यसैगरी पार्टीलाई संघीयताको मर्मअनुसार सञ्चालन गर्दै छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव दिएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode