थ्रिस्टारलाई स्तब्ध बनाउँदै आर्मीले जित्यो आहा–रारा पोखरा गोल्डकप

पोखरा । आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पोखरा रंगशालामा आज सम्पन्न खेलमा आर्मीले थ्रिस्टारलाई पराजित गर्दै उपाधि जितेको हो । पाँच पटकको विजेता थ्रिस्टारलाई आर्मीले तीन शुन्य गोलले स्तब्ध बनायो । आर्मीका लागि ३८ औँ मिनेटमा जिलेस्पी जंग कार्की र ८३ औँ मिनेटमा फत्तेमान घलले गोल गरे ।
त्यसैगरी इन्जुरी समयको चौथो मिनेटमा बसन्स जिम्बाले एक गोल थप्दै तीन शुन्य गोलको सुनिश्चत गरे । योसँगै पाँचौ पटक फाइनल पुगेको आर्मीले पहिलो पटक उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । प्रतियोगिताको विजेता आर्मीले १२ लाख १ हजार र उपविजेत थ्रिस्टारले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेका छन् । सहारा क्लब पोखराको आयोजनामा जारी आहा–रारा पोखरा गोल्डकपको यो २३औँ संस्करण हो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया