गठबन्धनमा धोका हुँदा एमालेलाई १ सिट, माओवादी पहिलो दल बन्न सफल

काठमाण्डौ । राष्ट्रियसभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्तागठबन्धनले जित हासिल गरेको छ भने एक सिटमा एमालेले जित हासिल गरेको छ । निर्वाचनको परिणाम अनुसार कोशी प्रदेशमा अन्य कलस्टरमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन भने महिला क्लस्टरमा एमालेकी रुक्मिणी कोइराला बिजयी भएकी छिन् । त्यस्तै मधेस प्रदेशमा महिला क्लस्टरमा जसपाका पूजा चौधरी विजयी भइन भने अन्य कलस्टरमा कांग्रेसका आनन्द ढुंगाना विजयी भए ।
त्यस्तै बागमती प्रदेशमा अन्यमा कांग्रेसका जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी, दलिततर्फ नेकपा समाजवादीका घनश्याम रिजाल विजयी र महिला क्लस्टरमा कांग्रेसकी विष्णुदेवी पुडासैनी विजयी भएका छन् ।
त्यस्तै गण्डकी प्रदेशबाट महिला क्लष्टरमा माओवादी केन्द्रकी मनरुपा शर्मा, अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा महिला क्लस्टरमा कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन् ।
त्यस्तै कर्णाली प्रदेशमा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, कर्णाली प्रदेशमा दलिततर्फ माओवादीका विष्णु विक र अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया बिजयी भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा महिला क्लस्टरमा माओवादी केन्द्रकी रेनु चन्द र अन्य कलस्टरमा कांग्रेसका बलदेव बोहरा बिजयी भएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया