पूर्वराजा ज्ञानेन्द्रलाई साथमा राखेर दुर्गा प्रसाईंको महाअभियान सुरु
झापा । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईले धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान सुरु गरेका छन् । उक्त महाअभियानको मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाहले दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन् । उनले एक जोडि परेवा शान्तिको प्रतिकको रुपमा उडाएका थिए ।
अभियानमा प्रसाईले पूर्वराजा शाह, युवराज पारस शाह र उनको परिवारका सदस्यहरूलाई एकै मञ्चमा राखेका थिए । प्रसाईले ’धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’लाई झापाको काकडभिट्टास्थित मेचीपुलबाट सुरु गरेर महाकालीसम्म पु¥याउने बताएका छन्। अभियानको शुभारम्भमा बोल्दै प्रसाईले लघुवित्त र बैंकहरुले चर्को ब्याजदर लगाएर जनतालाई आत्महत्या गर्न बाध्य पारिरहेको भन्दै आक्रोश जनाए । उनले मुलुकमा गणतन्त्र आएपनि जनताले सुख महशुस गर्न नपाएको बताउँदै देशमा राजाको विकल्प नरहेको बताए ।
प्रसाईंले देशको अनावश्यक रकम खर्च भएको भन्दै संघियता खारेज गर्नुपर्नेमा जोड दिएका छन । उनले वैदिक सनातन राज्य घोषणा र व्यावसायिक वातावरणको माग गरेका छन् । प्रसाईंले यो महाभियान मेची पुलबाट महाकाली हुँदै काठमाडौंमा पु¥याएर टुंग्याउने तयारी छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया