Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

बमजनको घरमा तीन करोड ३० लाख, मोबाइल र ल्यापटप पनि बरामद


काठमाण्डौ । हिजो पक्राउ परेका रामबहादुर बमजनको घरबाट प्रहरीले तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँ र विदेशी मुद्रा फेला परेको हो । घरबाट बरामद नेपाली रूपैयाँ तीन करोड तीस लाख ७५ हजार रहेको छ । बरामद भएको विदेशी पैसा गन्न बाँकी छ ।

तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका बमजनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ । प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो । उनी विरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेला गरि ५ जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा परेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode