Techie IT
  • ३१ जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

बालेनले लगाए प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षमा ताला


काठमाडौं । कर्मचारी नियुक्तिको विषयमा विवाद चुलिएको काठमाडौं महानगरपालिकामा नगर प्रमुख बालेन साह र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकृतबीचको टकराव पनि बाहिर आएको छ । महागरपालिकाको स्वास्थ्य विभागतर्फका कर्ममारी नियुक्तीको विषयमा मेयर साह र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच विवाद भएपछि सुरुमा अधिकारीलाई कार्यलय प्रवेशमा रोक लगाइएको थियो ।

सो विषयलाई लिएर मेयर साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो । त्यसपछि केही दिन विदामा बसेका प्रमुख प्रशासकीय अधिकृत अधिकारी पुन कार्यालय आउने तयारी गरेको थाहा पाएपछि मेयर साहले उनको कार्यकक्षमा ताला लगाइ दिएका छन् ।

नगर प्रमुख साहले राष्ट्रिय सभागृहमा रहेको अधिकारीको कार्यकक्षमा ताला लगाएका हुन् । बालनले सोमबारबाट कार्यालयमा नआउन अधिकारीलाई निर्देशन दिएका थिए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode