Techie IT
  • २१ कात्तिक २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

मेलमिलाप दिवसमा गणतन्त्रको चिन्ता, राष्ट्रिय एकताको पक्षमा एकमत


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन र संविधानको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् ।

४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको परिवर्तनमा दलहरुबीच एकता भएसजस्तै शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा पनि राष्ट्रिय एकता आवश्यक रहेको बताएका हुन् ।

उनले आफु नेतृत्वको सरकार सवैलाई एकठाँउमा ल्याएर सुशासन कायम गर्ने लक्ष्यका साथ अघि बढेको जिकिर गरे । वर्तमान सरकारले गरेका राम्रा काम र रेकर्डहरुको समर्थन गर्न पनि उनले आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको व्यवस्थाको विरोध गरेर राष्ट्रवादी बन्ने प्रयास गरेको भन्दै जनतामा निरासा बाड्नेहरू राष्ट्रवादी हुन नसक्ने धारणा राखे ।
त्यस्तै उनले दुई जना युवाको निधन हुनेगरी बालकुमारीमा भएको घटना बाहिर देखिएजस्तो नभएको आशंका व्यक्त गर्दै त्यसपछिका अभिव्यक्ति तथा प्रचारबाट गम्भिर हुनुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनालाई लिएर मन्त्रीलाई गाडीमै जलाउनुपथ्र्याे भन्ने जस्ता र प्रमुख पार्टीका नेताहरूलाई लक्षित गरेर गरिएका टिप्पणी अस्वाभाविक रहेको बताए । यी सबै गतिविधि लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा विपि कोइराला नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्व भएको कुरामा कसैको बिमति नरहेको बताए । जनुसुकै पार्टी र राजनीतिमा भए पनि अहिले सबै नेताहरू विपी स्कुलबाट प्रभावित भएको उनको भनाइ थियो ।

सोही कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गणतन्त्रवादीहरु एक रहेकाले फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको र आफुहरुले पनि राजतन्त्र फर्काउन नदिने स्पष्ट पार े

ओलीले लोकतान्त्रीक गणतन्त्र, शान्ति, बिकासमा सवैदलहरु एक रहेको बताए । बालकुमारी घटनामा मन्त्री पुगेर भिडलाई उत्तेजित बनाएको भन्दै प्रहरी प्रशासनले पनि निर्मम दमन गरेको आरोप लगाए ।

राजतन्त्रको बारेमा छलफल गर्नुको कुनै औचित्य नरहेको बताए । राजतन्त्र सामन्तवादको अवशेष भएको भन्दै यस बिषयमा बारेमा छलफल गर्नुको कुनै औचित्य नरहेको उनको भनाई छ ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केहि हुन नसक्ने बताए । सभापति देउवाले लोकतन्त्र, गणतन्त्रको विरुद्ध आवाज उठाउने प्रयास भइरहेको भन्दै लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केहि हुन नसक्ने बताएका हुन् ।

अहिले एकतावद्ध भएर लोकतन्त्रलाई बलियो बनाउनुपर्ने भन्दै उनले बिपीले ल्याएको मेलमिलाप र एकताको नीतिको आवश्यकता अझै बढेको बताए ।


नेपालमा पार्टीहरुबीच पार्टीगत वैचारिक मतभेद भएपनि सबै पार्टीहरु एक ठाउँमा संस्कार अन्य देशमा भन्दा अलग गरेको देउको भनाई छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एव्म पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कांग्रेसले पंचायतकालको मेलमिलापको कुरा गर्दा आफ्नो मनमा चिसो पसेको बताए । तर सबैलाई चिन्ता देशको भएको भन्दै यो चिन्ताबाटै हामी कसरी अघि बढ्ने भनेर मन्थन गर्न चाहेको बताए ।

कार्यक्रम नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरुले पनि देश र जनताको हितमा काम गर्न सबै दलहरुबीच राष्ट्रिय एकताको बिकल्प नभएको बताएका थिए ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode