Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

भूमि सचिवको सेटिङको सिकार बनेका हाकिमको रातारात सरूवा


ललितपुर । नापी कार्यालय भक्तपुरमा राम्रो काम गरिरहेका प्रमुख नापी अधिकृत रामकुमार सापकोटालाई जग्गा दलाल र भूमाफियामार्फत् ५० लाख लिई भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा काजमा पठाइएको छ ।

सचिव गोकर्णमणि दुवाडीकै विशेष चाहनामा स्मार्ट सिटीभित्रको जग्गा नियम विपरीत कित्ताकाट गर्न नमानेपछि सापकोटालाई लखेटेर प्रदीप सापकोटालाई कार्यालय प्रमुखमा लगिएको मन्त्रालयका अधिकारी बताउँछन् । गैरकानूनी श्रेस्ता मिलान र हालसाविक गर्नेगरी प्रमुख नापी अधिकृत प्रदीप सापकोटालाई काजमा पठाइएको हो । उनले भूमाफियाको गैरकानूनी कार्य सम्पन्न गरिसकेको र सो बापत सचिव दुवाडीले भूमाफियाबाट थप लाभ बुझेको आरोप छ ।

सचिव दुवाडीले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनाललाई दबाब दिई भूमि व्यवस्थापन विभाग अन्तर्गतका कर्मचारीहरुको सरुवा र काज गर्ने गरिरहेका छन् । आगामी माघमा मन्त्रिपरिषद् पुनर्गठन हुने हल्लासँगै आफू पनि सरुवा हुने डरले धमाधम सरुवालाई प्राथमिकता दिएको आरोप लागिरहेको छ ।

सचिव दुवाडीले मालपोत कार्यालय कास्कीको प्रमुखमा सरुवा भएका उपसचिव चिरञ्जीवी पौडेललाई एक हप्तामै फालेका छन् । मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय बाग्लुङमा काजमा पठाएर पौडेललाई कास्की मालपोतमा सरुवा गरिएको थियो ।

तर, त्यसको एक हप्ता बित्न नपाउँदै पोखराका भूमाफिया सुजन लामामार्फत्को प्रभावमा नारायणथान गुठीको ५१ रोपनी जग्गा व्यक्तिको नाममा श्रेस्ता कायम गर्नेगरी पुनः रामचन्द्र अधिकारीलाई नै मालपोत कार्यालय कास्कीको प्रमुखमा फर्काइएको बताइन्छ । अधिकारीलाई नै कास्की मालपोतको प्रमुखमा फर्काउन भूमाफिया लामाले आर्थिक लेनदेन गरेको चर्चा भूमिव्यवस्था मन्त्रालयमा व्याप्त छ । साघुन्युज बाट


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode