Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

पार्टीलाई रुपान्तरण गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई


काठमाण्डौ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई रुपान्तरण र गतिशिल बनाउन नसके मुलुकको परिवर्तनको रक्षा हुन नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा माओवादी केन्द्रको बुढानिलकण्ठको नगर सम्मेलन उद्घाटन गर्दै उनलेले माओवादीको नेतृत्वमा नै मुलुकमा परिवर्तन स्थापीत भएको दाबी गरेका हुन् । अब पार्टीलाई रुपान्तरण र गतिशिल बनाउन नसके माओवादीको भविष्यका साथै परिवर्तनको रक्षा हुन नसक्ने दाहालको भनाई छ । उनले माओवादीलाई बलियो बनाएमात्रै मुलुकको परिवर्तनको रक्षा हुन सक्ने बताए ।

तीन महिने अभियानले जनआधारमा सुदृढ हुँदै गएको भन्दै फागुनमा विधान अधिवेशन गरेर पार्टीमा नयाँ ढङ्गले विचार संश्लेषण गरिने जानकारी दिए । त्यस्तै उनले काठमाडौं उपत्यकामा रहेको स्ववासीको समस्या हल गर्न नयाँ ऐन ल्याउने र लालपूर्जा बितरणको तयारी भइरहेको बताए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode