बैंकहरुको ज्यादती विरूद्ध ३५ संघसंस्था द्धारा फागुन ५ गतेदेखि संयुक्त आन्दोलनको घोषणा

नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघसंस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आईतबार पत्रकार सम्मेलन गदै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन । ब्यवसायीहरु लाई पेसाबाट नै पलायन हुने अवस्थाको सिर्जना बैंक तथा वितिय क्षेत्रको गलत निति , निजि स्वार्थ , सरकारको दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमीकता नदीनु जस्ता मुख्य कारण रहेको ब्यवसायीहरुले बताए ।
ब्यवसायीहरुले आत्माहत्याको बाटो रोज्न बाध्य हुदाँ समेत सम्बन्धीत निकायको ध्यान नपुगेको विज्ञप्तीमा उल्लेख गदै भनेका छन बैंकिङ व्याजदर एक प्रतिशत कार्यम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्ने लगायतका माग ब्यवसायीहरुको छ।
संघर्ष समितिका संयोजक नरेश कटुवालले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजका विरुद्धमा आगामी फागुन पाँच गते माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम रहेको जानकारी दिए । फागुन पाँच गतेसम्म पनि सरकारले आफ्ना माग सम्बोधन नगरे व्यसायीले बैंकिङ कारोबार बन्द गर्ने उनको चेतावनी छ । साथै, व्यवसायीले सरकारलाई आफ्ना उद्योगका ताला चाबी सरकारलाई जिम्मा लगाउने उनको भनाई छ । सरकारको व्यवहारले व्यवसायीलाई कही प्रेम आचार्य त बनाउन लागेको होइन भन्ने आशंका उब्जाएको उनको भनाई थियो ।
मागहरुः
अवस्था सामान्य नहुन्जेल धितो लिलामी बन्द गर ।
बैकिङ्ग ब्याजदरमा एकरुपता कायम गर ।
बैकिङ्ग व्याजदर १ अंकमा कायम गर ।
कर्जा सेवा शुल्क ० दशमलव पच्चिस प्रतिशत भित्र कायम गर ।
व्याज स्प्रेडदर बढीमा २ प्रतिशत कायम गर ।
सहुलियत कर्जा १५लाख बाट २५ लाख सम्म कायम गर ।
बैक तथा वित्तिय क्षेत्रले गर्ने लगानी कम्तीमा ५० प्रतिशत साना तथा मझौला व्यवसायीमा गर्नुपर्ने ।
संकटग्रस्त व्यवसायीको पहिचान गरी आर्थिक राहत प्याकेज प्रदान गर ।
ओभर ड्राफ्टलाई सहज र सरलिकरण गराउ ।
‘
क्याटेगोरी : अर्थ/सहकारी, देश, प्रमुख समाचार
प्रतिक्रिया