Techie IT
  • ३१ जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरको हरिसिद्धीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, सडक अवरुद्ध


ललितपुरको हरिसिद्धीस्थित धुसलधारामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका वडा नम्बर २९ स्थित धुसलधारमा दुर्घटना हुदा गोदावरी वडा नम्बर ३ लेलिन्थोक बस्ने उमा सिलवालको मृत्यु भएको हो । २६ वर्षिय उमा सिलवाल गोदावरीबाट लगनखेल तर्फ जाँदै थिइन् ।

सिलवालले चलाएको स्कुटरलाई लगनखेल मानडाडा रुँटमा चल्ने बा ४ ख ८४३९ नम्बरको बसले ठक्कर दिएको थियो । सिलवालको मृत्युपछि स्थानीयले सडकमा टायर बालेर आन्दोलन गरिरहेका छन् उनीहरुले लगनखेल गोदावरी सडकखण्ड ठप्प बनाएका छन् ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode