एसिया कपमा युएईको कमाल, भारतलाई बंगलादेशले दियो धक्का
अण्डर नाइन्टिन एसिया कप क्रिकेटको फाइनलमा बंगलादेश र पाकिस्तानले स्थान सुरक्षित गरेका छन् । आज भएको सेमिफाइनलमा उपाधि दाबेदार भारतलाई पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान बनाएको हो । दुवईमा भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४३ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो । उसको जितमा अरिफुल इस्लामले ९४ रनको महत्वपूर्ण योगदान दिए । त्यसैगरी अरर अमिनले ४४ रन जोडे । पहिला ब्याटिङमा उत्रिएको भारतका लागि मुरुगन अभिषेकले सर्वाधिक ६२ रन जोडे भने मुसिर खानले ५० रनको योगदान गरे । भारतलाई सस्तैमा समेट्न मरुद म्रिदाले चार विकेट लिए । बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो ।
आजै भएको अर्को खेलमा पाकिस्तालाई स्तब्ध बनाउँदै युएइले फाइनलमा बंगलादेशसँगको भेट पक्का गरेको छ । पहिला युएइले ब्याटिङ गर्दै पेश गरेको १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तान तीन बल बाँकी छँदा १ सय ८२ रनमै अलआउट भयो । युएइका लागि कप्तान आयान खानले सर्वाधिक ५५ रनको योगदान दिए । त्यसैगरी अर्यान्स शर्माले ४६ रन जोडे । योसँगै युएइले ऐतिहासिक सफलता हासिल गर्दै पहिलो पटक अन्ण्डर नाइन्टिन एसिया कपको फाइनलमा स्थान पक्का गरेको छ । समुह चरणमा बलियो टिम श्रीलंकालाई पछि पार्दै युएइ सेमिफाइनमा पुगेको थियो । अब उपाधिका लागि बंगलादेश र युएईबीच प्रतिस्पर्धा हुनेछ ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार
प्रतिक्रिया