चार महिनामा भित्रियो ४ खर्ब ७७ अर्ब रेमिटेन्स

ललितपुर । राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०र८१ को चार महिनामा चार खर्ब ७७ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ। गत वर्षको यही अवधिमा ३ खर्ब ७८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षमा यो दर २६।४ प्रतिशतले वृद्धि भएको हो।
यो चार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने उच्च दरले कमी आएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या २७ प्रतिशतले घटेको छ। गत वर्षको चार महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८४ हजार थियो। चालु आर्थिक वर्षको यो अवधिमा भने मात्रै २ लाख ६ हजारले यस्तो स्वीकृति लिएका छन्।
गत आर्थिक वर्षभरीमा वैदेशिक रोजगारी र अध्ययनमा जानेको संख्या १० लाख हाराहारी थियो। गत वर्ष गएकाहरूले रेमिटेन्स पठाउन थालेपछि पुनः यो वर्ष रेमिटेन्स भित्रिने दर बढेको हो।
क्याटेगोरी : अर्थ/सहकारी, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया