Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

वीरगन्जका मेयर र उपमेयर समर्थकबीच कार्यालयमै कुटाकुट


ललितपुर । वीरगन्ज महानगरपालिका मेयर र उपमेयरका सचिवालय समर्थकहरुबीच कुटाकुट भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत बस्ने कार्यालयको विषयलाई लिएर विवाद उत्पन्न हुँदा मेयर राजेशमान सिंह र उपमेयर इम्तेयाज आलमको सचिवालयका समर्थहरुबीच कुटाकुट भएको हो ।प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठामा ताल्चा लगाएर आफ्नो सचिवालय बनाउने तयारी उपमेयरको सचिवालयले गरेको थियो ।

तर, मंगलबार अचानक केही वडाअध्यक्षहरुसहितको टोलीले प्रमुख प्रशासकीय अधिकृत त्यो कोठामा लगाइएको ताल्चा फुटाएर पञ्जीकरण शाखाको सामान लैजान लागेका थिए ।यही क्रममा विवाद उत्पन्न भएपछि मेयर र उपमेयर सचिवालयका समर्थकबीच कुटाकुट भएको प्रत्यक्षदर्शी बताउँछन् ।

महानगरपालिकामा विवाद चर्किँदै गएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी समेत परिचालन गरिएको थियो । उत्पन्न विवाद प्रहरी पुगेपछि साम्य बनेको पर्सा प्रहरीले बताएको छ । पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले प्रहरी पुगेपछि नगरपालिकामा कुनै किसिमको विवाद नरहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत बस्ने कार्यालयमा पञ्जीकरण शाखा राख्न खोजेपछि विवाद सुरु भएको थियो । मेयर सिंह नयाँ भवनमा गएपछि उनी बस्ने पहिलाको कोठामा प्रमुख प्रशासकीय अधिकृत अहिले सरेका छन् ।

२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वीरगन्जमा मेयरबाट सत्ता गठबन्धनका तर्फबाट जसपाका नेता राजेशमानसिंह निर्वाचित भएका छन् भने उपमेयरमा नेपाली काँग्रेसका इम्तीयाज आलम निर्वाचित भएका हुन् । निर्वाचित भएपछि नै मेयर र उपमेयरका बीचमा महानगरमा समस्या रहेको र पछिल्लो समय यो विवाद सतहमा आएको महानगर श्रोतले बताएको छ ।


क्याटेगोरी : अड्डामा खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode