Techie IT
  • ८ माघ २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

EXCLUSIVE यातायात कार्यलय रुपन्देहीमा ५० हजारमा लाईसेन्सको ब्यापार,कमर्चारी कै मिलोमतो

सेटिङमा बनेका यस्ता लाइसेन्सको तथ्याङक कसैसगँ छैन ।


ललितपुर । सवारी साधन चलाउनका लागि चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य छ । ट्राफिक नियमको परिपालनाका लागि त झनै आवश्यक छ । सरकारले चालक अनुमति पत्र खोज्ने सबैलाई सहजरुपमा उपलब्ध गराउन सकेको छैन । कहिले उपकरण नभएको, कहिले छापाखाना नचलेको तथा सर्भरमा समस्याजस्ता कारण देखाएर समस्यामाथि समस्या खडा गरेको गुनासो सेवाग्राहीले बारम्बार गदै आएका छन ।

समस्या समाधानका लागि भएका प्रयाससमेत सार्थक बन्न सकेको छैन । तर, यही समस्यालाई केही कर्मचारीले अनियमितता गर्ने माध्यम बनाएपछि कस्को के लाग्दो रहेछ र ? कानुन कार्यान्वयन गराउने निकायको आँखा छलेर गरिएका यस्ता गैरकानुनी क्रियाकलाप भने एक न एक दिन कानुनको फन्दामा पर्छ नै । पछिल्लो समय लिखित र ट्रायल परिक्षा नै नदीई विचौलीया मार्फत हजारौ नक्कली स्मार्ट लाईसेन्सको बनेको तथ्य बाहीरिएको छ ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र रुपन्देही बाट मनिस केसी र अभिनाश गैरेले विचौलिया मार्फत ५० हजार रकम घुस खुवाई नक्कली स्मार्ट लाइसेन्स निकालेको तथ्या बाहिरीएपछि स्मार्ट कार्ड लाइसेन्समा समेत विचौलियाहरु हावी भएको तथ्या बाहिरएको हो । यी दुवै लाइसेन्स रुपन्देही जिल्लामा रहेको यातायात कार्यलय बाट लिखित र ट्रायल पास गरी यातायात ब्यवस्था विभागमा स्मार्ट कार्ड प्रिन्टका लागी आएको केही दिनमै यो रहस्य बाहिरएको हो ।

गएको विहिवार मात्रै काठमान्डौ उपत्यका अपराध अनुसन्धान कार्यलयले बानेश्वर मिनभवन स्थित यातायात ब्यवस्था विभागमा लाइसेन्स लिन पुगेका मनिस केसी लाई विभागको परिसर बाटै पक्राउ गरेको हो । हाल उनलाई अपराध महाशाखाले थप अनुसन्धानका लागि काठमान्डौ प्रहरी परिसरमा बुझाएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ घर भएका केसीले लिखित र ट्रायल विना नै ०१ -११ – ८८९९०१५७ नम्बरको बी वर्गको लाईसेन्स निकाल्नका लागि रुपन्देही जिल्लाका यातायात कार्यलयका कर्मचारी र विचौलियालाई ५० हजार रुपैयाँ रकम घुस दिएको विभाग श्रोत बताउछ ।

यस्तै चितवन भरतपुर महानगरपालिका वडा नम्बर २८ घर भएका अविनाश गैरे ले पनि लिखित र ट्रायल विना नै ०१ -०८ -८८९८७८५६ नम्बरको बी वर्गको लाईसेन्स निकाल्न विचौलीया र कर्मचारीलाई ५० हजार भन्दा बढी रकम बुझाएको श्रोतको दाबी छ । पछिल्लो समय विचौलिया र यातायात कार्यलय रुपन्देहीका कमर्चारीको मिलोमतोमा लिखित र ट्रायल परिक्षा नै नदीई हजारौ लाईसेन्सको काम भएको विभागका एक कर्मचारीले खोज मिसन न्युज लाई जानकारी दिए ।

यस विषयमा अपराध महाशाखा र अख्तिीयार दुरुपयोग अनुसन्धान आयोगले समेत सुष्म रुपँमा अनुसन्धान गरिरहेको कर्मचारीले बताए । उनका अनुसार वैदेशीक रोजगारीमा जानेहरुलाई यातायात कार्यलयका कर्मचारी र विचौलियाले लिखित र ट्रायल विना नै स्मार्ट लाईसेन्स बनाईदिने भन्दै लाखौ रकम असुल्दै आएका छन । यस कार्यमा यातायात कार्यलय रुपन्देहीका प्रयोगात्मक शाखाका कर्मचारी विकास नेपालीले विचौलिया सगँको सेटिङमा काम गदै आइरहेको श्रोतको दाबी छ ।

अन्य कर्मचारीले गलत काम गर्न खोजे भने रोक्नुपर्ने, नसिहत, दण्ड गर्नुपर्नमा निमित कार्यालय प्रमुख सुमन पौडेल आफुलाई कुनै जानकारी नभएकोले यस बारे बुझेर मात्र बोल्ने जानकारी खोजमिसन लाई दिए । उनले यस्तो जवाफ दिदै गर्दा पछिल्लो समय चालक अनुमतिपत्रको अभावको बहाना देखाएर त्यसैलाई थप आर्थिक लाभ गर्ने माध्यम कर्मचारीहरुले बनाएको तथ्य समेत खुलेको छ ।

चालक अनुमतिपत्रको परीक्षामा पास नभएका समेतलाई मिलेमतोमा पास गराएको विषय बाहिरीए पछि यातायात ब्यवस्था विभागले समेत यस घटनामा छानविन गर्न बताएको छ । पछिल्लो समय विभिन्न यातायात कार्यलयका कर्मचारी र विचौलियाको मिलोमतोमा विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा अनुत्र्तीण भएका, अनुपस्थित भएका परीक्षार्थीको नतिजा फेरबदल गरी सेवाग्राही सगँ लाखौ रकम असुल्दै आएपनि सवारी लाईसेन्समा देखिएको विकृतीको अन्त्य भने हुन सकेको छैन ।

 


क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode