Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

त्रिभुवन विमानस्थलबाट फेरि समातियो साढे ६ किलो सुन


ललितपुर । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले शनिवार राति पुनः साढे ६ किलो सुन बरामद गरेको छ । दुबईबाट अवैधरुपमा ल्याइएको सुन गएराति विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय श्रोतका अनुसार दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका एक इजिप्सयन नागरिकले पाउडर बनाएर ल्याएको साढे ६ किलो सुन बरामद गरेको हो । दुबईबाट फ्लाई दुबईको उडानमार्फत् काठमाडौं आएका इजिप्सियन नागरिक मोहमद मोगामद सालेहले भित्री ज्याकेटमा खल्ती बनाएर सुन तस्करी गरी ल्याएको पाइएको हो ।

विमानस्थल भन्सार कार्यालयलाई आएको गोप्य सूचनाको आधारमा चन्द्र घलेकै शैलीमा प्रहरी र भन्सारको संयुक्त टोलीले सालेहलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि शरीर खानतलासी गर्दा सालेहले भित्री ज्याकेट बनाएर त्यसको खल्तीमा हाली पाउडरको रुपमा ल्याएको ६ किलो ५९० ग्राम सुन बरामद गरेको हो ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode