Techie IT
  • १६ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

गृहमन्त्री श्रेष्ठलाई भेट्न बाँसबारी पुगे प्रधानमन्त्री प्रचण्ड,एन्जियोप्लास्टी गरिएका श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर


ललितपुर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् ।

ललितपुर । प्रधानमन्त्री दाहालले चिकित्सकहरुसँग उपप्रधानमन्त्री श्रेष्ठको उपचारका बारेमा जानकारी लिएका छन् । मंगलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी गरिएको छ ।

डाक्टर अरुण मास्केसहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको हो । एन्जियोप्लास्टी रगतको नलीलाई फराकिलो बनाउने शल्यक्रिया प्रविधि हो ।यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode