Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ


ललितपुर । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । यसअघि सर्वोच्च अदालतमा दर्ता भएका १४ वटा रिटमाथि एकसाथ सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माका इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

पारिवारिक र सामाजिक सद्भाव विथोलिएको भन्दै गत कात्तिक २७ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाल दुरसञ्चार प्राधिकरण अन्तर्गत रहेका इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गर्दै टिकटकमाथि पुर्णरुपमा प्रतिबन्ध लगाउन निर्देशन दिने निर्णय गरेको थियो । पछि विभिन्न राजनीतिक दलका नेताहरुले टिकटकमाथिको प्रतिबन्धले लोकतन्त्र विरुद्धको कदम भन्दै सरकारको आलोचना समेत गरेको थियो ।

सरकारले टिकटक बन्द गरेपछि कानून व्यवसायी दिनेश त्रिपाठीले सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए । सरकारको सो निर्णयले नागरिक संवैधानिक अधिकार हनन् गरेको भन्दै अन्य १३ वटा रिट समेत परेका थिए ।


क्याटेगोरी : अड्डामा खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode