Techie IT
  • २० फागुन २०८०, आईतबार
  • काठमाडौं
Khoj Mission News

ललितपुर महानगरले मगंलबजार देखि लगनखेल सम्मको फुटपाथ मसिंर २४ देखि हटाउदै


ललितपुर । ललितपुर महानगरपालिकाले मंगलबजार देखि लगनखेल सम्मको फुटपाथ क्षेत्र हटाउने भएको छ । महानगरापालिकाको वडा नम्बर १२ र १९ नम्बर क्षेत्रमा पर्न मगलबजार -लगनखेल क्षेत्रमा फुटपाथ सन्चालनमा हुदाँ पैदल यात्रु , सवारी आवागमन तथा ऐतिहासिक एंवम सास्कृतिक महत्वका स्थानहरुमा अवरोध परेको भन्दै मंसिर २४ गते बाट उक्त क्षेत्रहरुमा फुटपाथ पसल राख्न निषेध गरिएको  बताएको छ । ।

यस्तै ,लगनखेल बसपार्क लाई स्वच्छ र सफा गरी बस स्टेण्ड बनाउने योजना समेत महानगरको रहेको छ । यसका लागि ललितपुर महानगरपालिकाका १२ र १९ नम्बर वडाले फुटपाथ किन हटाउन आवश्यक रहेका भन्दै अभियान नै सन्चालन गरेर शनीवार वृहत जनचेतना र्यालीको आयोजना गरेका थिए । ।

फुटपाथ ब्यवसायीहरुले यस क्षेत्रमा फुटपाथ सन्चालन गर्न निषेध गरेपनि त्यसको विकल्प महानगरपालिकाले आफुहरुलाई दिनुपर्न माग राखेका छन ।


क्याटेगोरी : अड्डामा खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode