शरणार्थी प्रकरण : कोको रिहा भए कोको जेलमै थन्किए ?

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ । खाणलाई छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ । १० लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश भएको हो ।
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ । ७६ वर्षीय रिजाललाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर गरिदिएको हो । रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई छाड्न अदालतले अस्वीकार गरेको छ । थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गर्दै रायमाझीलाई छाड्न अस्वीकार गरेको हो ।
रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ । उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।
शरणार्थी प्रकरणमा लक्ष्मी महर्जन संलग्न नभएको ठहर गरेको छ भने सम्शेर मियालाई थुनामा राख्ने जिल्ला अदातलको निर्णय बदर गरिएको छ । प्रतिवादी आशिष बुढाथोकीलाई थुनामा राख्ने आदेश बदर गरिएको छ भने टंककुमार गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया