प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । सीमा सुरक्षा र राष्ट्रिय सुरक्षाको विषयमा छलफल गर्न दुई पूर्व प्रधानमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको भनिएको छ । तर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटघाटमा तीन नेताबीच समसामयिक राजनीतिक विषयमा समेत कुरा भएको बताइएको छ ।
कांग्रेसले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिरहेको र त्यसमा माओवादीले समेत समर्थन जनाएको अवस्थामा शीर्ष तीन नेताको भेटघाटलाई चासोका साथ हेरिएको थियो । तर आजको भेटमा सीमा ब्यवस्थापन र राष्ट्रिय सुरक्षाको विषयमा मात्रै कुरा भएको प्रधानमन्त्रीको सचिवालयले प्रष्ट पारेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया