सरकारको प्राथमिकतामा विधेयक
काठमाण्डौ । सरकारले प्राथमिकतामा रहेका बिभिन्न विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ ।
आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा प्रस्तुत गर्ने विधेयकका सम्बन्धमा बिभिन्न दलका सचेतकहरुसंग छलफल गरेकाहुन । छलफलका क्रममा जनसरोकारसँग जोडिएका बिभिन्न विधेयकहरुलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको छ ।
छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभा नियमावलीलाई १५ दिनभित्र टुङ्गो लगाउने र यसअघि थाँती रहेका बिधेयकहरुलाई प्राथमिकता आधारमा अघि बढाउने सहमति भएको जानकारी दिए । संसद सुरु भएपछि प्राविधिक कार्यमा व्यस्त रहेकाले अव संसदलाई बिजनेश दिने बिषयमा छलफल केन्द्रीत भएको उनले बताए ।
त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदलाई व्यवस्थीत गराउने र विधेकहरुलाई जनमुखी बनाउने तथा जनताका आवश्यकतासंग जोड्ने गरि बिधेयकलाई अघि बढाउने बिषयमा सवै दलहरुसंग छलफल गरिएको जानकारी दिए ।
सरकारले विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरु सदनमा लैजाने तयारी गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया