युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईं समूहबीच बल्खुमा ढुंगा हानाहान

काठमाण्डौ । काठमाडौंमा प्रदर्शनरत युवा संघका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान भएको छ । मोटरसाइकल ¥याली गर्दै बल्खु पुगेका युवा संघका कार्यकर्तासँग प्रसाईं समूहको झडप भएको हो ।
झडपका क्रममा केही सवारी साधनमा क्षति पुगेको छ । युवा संघले ढुंगा हानेपछि दुर्गा प्रसाईं समूहका व्यक्तिहरूले पनि बल्खु चोकमा ढुंगामुढा गरेका छन् ।
बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया