प्रचण्डले सरकारको नेतृत्व छोड्नुपर्छ : केपी ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छाड्नुपर्ने बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारको कमजोरीका कारण प्रतिगामी शक्तिहरुलाई हौसला मिलेको भन्दै उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छाड्नुपर्ने बताएका हुन् ।
ओलीले सरकारका कारण देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता रहेको बताए । देशलाई अगाडि बढाउने जिम्मा एमालेले लिने भन्दै उनले आवश्यक परे जनताले सडकबाटै निर्णय लिन सक्ने चेतावनी दिए । उनले पछिल्लो अढाई बर्षमा मुलुकको स्वाधिनता अपहेलित अपमानित र तिरस्कृत भइरहेको भन्दै यो राष्ट्रका लागि शोभनिय नभएको बताए ।
अहिले राष्ट्रहित नभई सत्ता स्वार्थलाई प्राथमिकतामा राख्दा मुलुक संकटको अवस्थामा पुगेको उनको भनाई छ । वामपन्थी शक्तिको एकता पपुलिष्ट कुरा भएकाले यस्ता कुरा नगर्न अग्रह पनि गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया