Techie IT
  • २४ वैशाख २०८२, बुधबार
  • काठमाडौं
Khoj Mission News

लोकतान्त्रिक प्रणालीबिरुद्ध आवाज उठाउने दुस्साहसलाई दृढताका साथ परास्त गर्ने प्रचण्डको उद्घोष


तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतान्त्रिक प्रणालीका बिरुद्ध आवाज उठाउने दुस्साहसलाई दृढताका साथ परास्त गर्ने बताएका छन् । शुक्रबार तनहुँमा आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले परिवर्तन र जनताको अधिकार मन नपराउनेहरुले लोकतान्त्रिक प्रणालीका बिरुद्ध आवाज उठाउन खोजेको भन्दै त्यसलाई दृढताका साथ परास्त गर्ने बताएका हन् । उनले अहिले देशलाई बर्वाद पार्नका लागि राजाहरुको भक्तिगान गाउन थालेको र नारायणहिटी, भण्डारखाल, कोतपर्व मच्चाउनेहरुले संस्कारको कुरा गर्न थालेको भन्दै आक्रोश व्यक्त गरे ।


प्रधानमन्त्री दाहालले शुक्रबार नै आफुले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको र देशको सुरक्षा अवस्था सामान्य रहको जिकिर गरे । उनले कसैले भन्दैमा मुलुकको ऐतिहासिक परिवर्तन उल्टिन नसक्ने पनि बताए । त्यस्तै प्रधानमन्त्रले वर्तमान गठबन्धन पाँचै वर्ष चल्ने र कसैले हल्लाएर हल्लिन नसक्ने जिकिर गरे । आफु प्रधानमन्त्री बन्दा एक महिना भए पनि राम्रो काम गर्छु भन्ने अठोट लिएको र ११ महिना सरकार अघि बढ्दा सुशासनको पक्षमा काम गरिरहेको बताए । आफ्नो नेतृत्वको सरकार सोचेभन्दा बढी टिकाउ बनिरहेको भन्दै खुशी व्यक्त गरेका छन् । राम्रो काम गर्दागर्दै सरकारबाट हट्नु परे जनताकहाँ जाने उनले स्पष्ट पारे ।

संघीयता जनताका लागि हितकारी छ भन्ने सावित गर्न तीन वटा ऐन तत्काल कार्यान्वयनमा ल्याइने उनले घोषणा गरे । उनका अनुसार प्रहरी समायोजन ऐन, कर्मचारी ऐन र शिक्षा ऐन कार्यान्वयनमा ल्याउने अन्तिम तयारी सरकारले गरेको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode