Techie IT
  • २१ असोज २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइन्छ: मेयर बालेन


ललितपुर । काठमाडौं महानगरपालिकाभित्र यस वर्षको तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ। काठमाडौं महानगरपालिकाले राति १ बजेसम्म देउसी–भैली खेल्न पाउने गरी सुरक्षा लगायतको प्रबन्ध गरिएको बताएको छ।

विगतका वर्षहरुमा कोभिड महामारी लगायतलाई कारण देखाउँदै स्थानीय प्रशासनले काठमाडौंमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्ने अनुमति दिँदै आएको थियो। तर यस वर्ष भने १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षाका लागि गस्तीको व्यवस्था मिलाइएको काठमाडौं महानगरका मेयर बालेन शाहले बताएका छन्।

यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिन अनुरोध गर्दछौं,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्। मेयर शाहले राति १ बजेसम्म देउसी भैलो खेल्न मिल्ने गरी सुरक्षाको प्रबन्ध गर्न जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई आग्रह गरेका छन्।


क्याटेगोरी : अड्डामा खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode