Techie IT
  • ३१ जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

गोदावरीमा प्रमुख प्रशासकीय अधिकृत रेग्मी लाई स्वागत कोइरालाको विदाई


ललितपुर । गोदावरी नगरपालिकाले नयाँ प्रशासकीय अधिकृतको स्वागत गरेको छ । बुधवार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा नयाँ प्रशासकीय अधिकृत अच्युत राज रेग्मी लाई नगरप्रमुख गजेन्द्र मर्हजन र उपप्रमुख मुना अधिकारी लगायत नगरपालिकाका वडा अध्यक्ष सहित कर्मचारीहरुले स्वागत गरेका हुन ।

त्यस अवसरमा नगरप्रमुख महर्जनले यस नगरपालिकामा विकासका सम्भावनाहरु धेरै भएको बताउँदै यसका लागि प्रशासनिक हिसाबले धेरै काम गर्न बाँकी रहेको बताए । यसका लागि नयाँ प्रशासकीय अधिकृतबाट चुस्त र सुशासनयुक्त सेवा प्रवाह गराउन महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत बनेर आएका रेग्मीले नगरको विकास र नगरपालिकाबाट जनताले पाउने सेवा सुविधा प्रवाहमा आफूले छिट्टो, छरितो र चुस्त सेवा प्रवाह गर्न भूमिका खेल्ने बताए ।

रेग्मी यस अघि धादिङको धुनवेशी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपँमा कार्यरत रहेका थिए । कार्यक्रममा गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपँमा रहेका प्रविन कोइरालाले आफनो दुई वर्षीय कार्यकाल पुरा गरेर उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सरुवा भएका छन ।

गोदावरी नगरपालिका भित्र सबै सगँ मिलनसार र सेवाग्राहीको समेत मन जितेका कोइराला कार्यकाल अवधीभर कहिल्यै विवादमा नआएका अधिकृत हुन उनलाई नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमखु मुना अधिकारी सहित कर्मचारहीरुले विदाई गरेका हुन ।


क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode