Techie IT
  • २५ कात्तिक २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

कांग्रेसको चियापानमा शीर्ष नेताहरुको जमघट, जनतामा छाएको वितृष्णा अन्त्य गर्न एकमत


काठमाण्डौ । शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित दलका शीर्ष नेताहरुले एकै स्वरमा आफूहरुमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् । कांग्रेस सभापति शेर बहादुर देउवाले प्रमुख दल र शीर्ष नेतामाथि प्रश्न उठेकोबारे आफू जानकार रहेको र यसबारे उचित समयमा जनाफ दिने प्रतिक्रिया दिए ।

राजनीतिक दलहरुले जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै देउवाले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे । देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मकरूपमा लिएको बताए ।

उनले भने, ‘दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।’ राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै देउवाले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे ।

देउवाले भने, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।’

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलहरुप्रति प्रश्न उठेको नभई उठाइएको जिकिर गरे । उनले पनि यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइने चेतावनी समेत दिए । उनले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिन गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।’

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि ठूला र पुराना दलको औचित्य सकियो भन्नेलाई सबै प्रमुख दल एकै ठाउँमा उभिएर जवाफ दिने तयारी भइरहेको जिकिर गरे । त्यसका लागि आफूले भेटघाट बढाएको पनि उनले सुनाए । शुक्रबार मात्र एमाले अध्यक्ष ओलीसँग भएको भेट पनि यसकै कडी भएको उनको दाबी थियो । प्रचण्डले ठूला र पुराना दलको औचित्य सकियो भन्नेलाई सबै प्रमुख दल एकै ठाउँमा उभिएर जवाफ दिने तयारी भइरहेको बताए ।

उनले प्रश्न उठाउने दलको इतिहास, विचार र राजनीतिक संघर्ष केही नभएको टिप्पणी गरे । प्रधानमन्त्रीले भने, ‘जसले प्रश्न उठाएको छ जसको इतिहास, विचार राजनीतिक मुद्दा, संघर्ष र संस्कारदेख्दिनँ । प्रश्न उठाउने कोसिस भएको छ । त्यो राष्ट्र जनता लोकतन्त्र र शान्तिको हितमा उठेको देख्दिनँ । त्यो अराजकता सृष्टि गर्ने उद्देश्यको साथ उठेको लाग्छ ।’

उनले पुराना दल र नेताले जवाफ दिने समय आउँदै गरेको भन्दै समय आएपछि सबैले थाहा पाउने बताए । त्यसका लागि आफूले भेटघाट बढाएको पनि उनले सुनाए ।


‘तपाईँहरूले हेर्नुभयो भने यो बीचमा मेरो दौडधुप छिट्टै प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिएर त्यसको जवाफ दिने हिसाबले तयारी भइरहेको छ । समय आएपछि तपाईँहरूले थाहा पाउनुहुन्छ । पुराना दल र नेताले जवाफ दिने समय आउँदैछ’, प्रचण्डको भनाइ थियो ।

गत निर्वाचनमा मतदाता बरालिएपछि पुराना तथा ठुला दलका शीर्ष नेताहरुको मनमा ढ्यांङ्ग्रो ठोकिएकै छ । अव पनि नसच्चिए आगामी निर्वाचनमा जनताले बदला दिन सक्नेतर्फ उनीहरु सचेत देखिएका छन् । समयले उनीहरुलाई सच्चिने या सक्किने दोसाधमा पुर्याइदिएको छ । बाँकी उनीहरुको गतिविधि हेर्नुको विकल्प छैन ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode